नेविसंघको तदर्थ समिति एक साताभित्र गठन हुन्छ- प्रकाशशरण महत

चितवन । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताएका छन् ।

शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए । नेता महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा महाधिवेशन गरी सक्नुपर्ने बताए ।

महतले नेविसङ्घको विधानअनुरुप अबको महाधिवेशनले ३२ वर्षभित्रका विद्यार्थीलाई मात्र नेतृत्वमा ल्याउन सक्छ तर तदर्थ समितिमा भने उमेरको हद लागू नहुने बताउँदै सरकारका काम कारवाही चित्त बुझ्दो नरहेको आरोप लगाए ।

लगानी सम्मेलन महत्वपूर्ण भएपनि यसका लागि सरकारले व्यापक गृहकार्य गर्न नसकेको बताउँदै उनले सम्मेलनलाई सबैले सफल बनाउनुपर्नेमा जोड दिए ।

Comments