सोमबारदेखि मलेसियाको ‘कलिङ भिसा’ लागेकाहरूले श्रम स्वीकृति पाउने

काठमाडौं । मलेसिया जानका लागी यस अघि नै ‘कलिङ’ भिषा पाइसकेकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने भएका छन् ।

बैदेशिक रोजगार विभागले सोमबार (भोलि) देखि श्रम स्वीकृति दिनका लागी श्रम कार्यालय ताहाचललाई पत्राचार समेत गरिसकेको छ । बैदेशिक रोजगार विभागले मलेसियन राजदूताबासबाट भिसा स्वीकृति गराउन बैदेशिक रोजगार व्याबसायि संघलाई जिम्मा समेत दिइ सकेको छ ।

सोमबार (भोलि) देखि ‘कलिङ’ भिसाको लागि खुले पनि नयाँ जानेहरुका लागी भने अझै एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। ‘आज विभागसँग भएको छलफलमा भोलिदेखि कलिङ भिसाका लिएकाहरूलाई भोलिदेखि श्रम स्वीकृति दिने सहमति भएको छ।’ उनले भने, ‘नयाँका लागि एक महिना लाग्ने छ ।’

सरकारको तथ्याङक अनुसार अहिलेसम्म ७ हजार नेपालीले ‘कलिङ’ भिसा लिएका छन् । तर सरकारले श्रम स्वीकृति नदिएकाले उनिहरु जान पाएइ रहेका थिएनन्।

Comments