ओखलढुंगा जिप दुर्घटनाका मृतक ६ जनाकै सनाखत

ओखलढुङ्गा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ मा भएको जिप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ।

सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला ओलाङचुङगोलाका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, करीव ३० वर्षीय वाङ्दा शेर्पा, करीव ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा रहकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

चालक कृष्ण श्रेष्ठका अनुसार जीप सडकबाट करीब २०० मिटर तल खसेको थियो ।  दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी चालक श्रेष्ठ पनि घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ ।

Comments