कोलकाताबिरुद्ध कोटला मैदानमा दिल्लीले उतार्ला सन्दीप लामिछाने ?

काठमाडौं । अस्ट्रेलियाको बिग बासदेखि बंगलादेश र पाकिस्तान सुपर लिगमा निकै उत्कृष्ट प्रर्दशन गरेका नेपाली नेपाली लेग स्पिनर सन्दीप लामिछाने यतिबेला आइपीएलमा छन् । दिल्ली क्यापिटल्समा रहेका सन्दीपले दुई खेल खेल्न पाएका छैनन् । आइपीएल दिल्ली क्यापिटलले दुई खेल खेलिसकेको छ । पहिलो खेलमा जित निकालेको दिल्लीले दोस्रो खेलमा पराजय भोगेको छ ।

सन्दीप रहेको दिल्ली क्यापिटलले आज आफ्नो तेस्रो खेल फिरोज शाह कोटला रंगशाला खेल्दैछ । दिल्लीका लागि घरेलु मैदान मानिने कोटलामा कति खेलाडी उर्ताछ ? उतारेका खेलाडीमा सन्दीपले आज मौका पाउँछन या पाउँदैनन् ? अहिले आमा चासोको बिषय बनेको छ ।

दिल्लीले आज कोलकाता नाइट राइडर्सविरुद्ध खेल्दैछ । कोलकाताबिरुद्ध दिल्लीले सन्दीपलाई मैदानमा उतार्ने अनुमान गरिएपनि खेलको अन्तिमसम्म खेलाडीको सूचि थाहा हुँदैन । तर सन्दीपले ट्वीटर मार्फत आजको खेल खेल्ने संकेत गरेका छन् । ‘अन द पिच ट्यालेन्ट, अफ द पिच मजेदार’ भन्दै उनले कोटला मैदानमा अभ्यास गरिरहेको तस्विरसहित ट्वीट गरेका छन् ।

साँझ ८ः१५ बजेदेखि शुरु हुने खेलमा दिल्लीका लागि जित निकै आबश्यक छ । मुम्बई इन्डियनलाई हराएर २ अंक जोडेको दिल्ली क्यापिटल्स चेन्नाई सुपर किंससँग पराजित भएकोा थियो । आजखेल जितेमा दिल्ली दोस्रो नम्वरमा रहनेछ ।

Comments