जनकपुर । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका नाइके पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)लाई जन्मकैदको फैसला सुनाएको छ । ६ वर्ष अघि जनकपुरमा बिद्यार्थीलाई लक्षित गरी बम हमला गरिएको थियो । तत्कालिन मन्त्री टक्लाको निर्देशनमा बम काण्ड भएको भन्दै उनीबिरुद्ध मुद्दा दायर गरिएको थियो ।
विहीबार धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ । टक्लासहित ७ जनालाई दोषि ठहर गर्दै अदालतले जन्म कैदको फैसला सुनाएको श्रेस्तेदार राधाकान्त झाले बताए । जन्मकैदको सजाय पाउनेमा सञ्जय साह, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र्र झा रहेका छन् ।
१८ बैशाख २०६९ मा बम काण्ड हुँदा ५ जनाको ज्यान गएको थियो । विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।

Comments
Post a Comment