एसियाली फुटबल महासंघ एएफसीको अध्यक्षमा शेख सलमान

काठमाण्डौ । एसियाली फुटबल महासंघ एएफसीको अध्यक्षमा शेख सलमान निर्विरोध निर्वाचित भएका छन् । उनी एएफसीको दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

शेख सलमान सन् २०१३ बाट एएफसीको अध्यक्ष पदमा रहेका छन् । अध्यक्ष पदमा कतारका साउद ए अजिज एम ए अल मोहननादीले उनलाई चुनौती दिएका थिए । युएईका मोहमद काफलन मटर सईद अलरोमिथ समेत चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । अध्यक्षका सबै प्रत्यासीले उम्मेदवारी फिर्ता लिएपछि अर्को हप्ता मलेसियाको क्वोलालाम्पुरमा बस्ने एएफसीको साधारण सभाले शेख सलमानको बिषयमा औपचारिक निर्णय गर्नेछ ।

मोहननादीले भनेका छन्, ’व्यक्तिगत रुपमा र कतार फुटबल संघले एएफसीको अध्यक्षमा शेख सलमानको भूमिकालाई समर्थन गर्ने निर्णय गरेका छौ । हामी विश्वस्त छौ, उनले एसियालाई पुरै एकताबद्व रुपमा अघि बढाउनेछन् ।’ शेख सलमानले सन् २०२३ सम्म एएफसीको नेतृत्व गर्नेछन् ।

Comments