राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत सप्तरीमा बिहीबार विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ ।
बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरन्द्र पौडेलले जानकारी दिए । परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि राजविराजमा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले विज्ञान विषयको परीक्षा रद्ध गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको पौडेलले जानकारी दिए। प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माले एउटा जिल्लामा प्रश्नपत्र परीक्षा अगावै बाहिरिए पूरै प्रदेशका विज्ञान विषयको परीक्षा रद्ध हुने बताए ।
त्यसको निर्णय भने परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने उनले बताए।




Comments
Post a Comment