मुक्तिनाथ विकास बैंकले महेन्द्रनगर र विरेन्द्रनगरमा थप्यो दुई शाखा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ।

महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए। शाखा कार्यालय समुद्घाटन गर्दै बिष्टले बैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे। वीरेन्द्रनगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरेकी थिइन्। शाखा कार्यालय समुद्घाटन गर्दै उनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरिन्।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो। मुक्तिनाथ विकास बैंक लि. देशैभरी अनौपचारीक रुपमा देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ। ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटीएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ।

Comments