पत्नीलाई चरम यातना दिएर हत्या गर्ने डाक्टरलाई कारवाहीको माग गर्दै महिला नेत्रीहरु सडकमा

वीरगन्ज । डाक्टर श्रीमानको चरम यातना र कुटाईबाट शुक्रवार सुनीता यादवको मृत्यु भयो । उनको मृत्यु भएपछि आफ्न्त र अधिकारकर्मीले वीरगञ्जमा प्रर्दशन गरेका छन् । दोषीलाई कारवाहीको माग गर्दै महिलाहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन् ।

वीरगन्जको नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले जेठी पत्नी सुनितालाई फलामको रड तताएर डामेका थिए । चरम यातना र कुटपिटबाट अचेत भएकी सुनितालाई उपचार गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीतासँग मागी विवाह गरेका थिए ।

विवाहको दुई वर्षपछि नै सुनीताबाट सन्तान नभएको भन्दै उनले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग भारतकै अरेराजमा विवाह गरेका थिए । त्यसयता नै डा.यादवले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएका थिए । चरम यातना र क्रुरर ढंगबाट पत्नीको हत्या गर्ने डा. यादवलाई हदैसम्मको कारवाहीको माग गरी महिलाहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनमा देशसभा सदस्य करिमा वेगम, सामाजिक अभियन्ता डा.सुष्मा तिवारी, प्रकाश थारु, विश्वेश्वर प्रसाद चौधरी, महिला नेतृहरु मोनिका सिंह, मुन्नी श्रीवास्तव, सुनिता साह, रम्भा मिश्रा सहभागी भएका थिए ।

Comments