एसईई परिक्षाको प्रश्नपत्र देशभर रुजु गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । जारी यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसईई)को देशभरको प्रश्नपत्र ४ घण्टाभित्र रुजु गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

प्रदेश २ मा बिहिबार र शुक्रबार लगातार दुई दिन एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले यस्तो निर्देशन दिएको हो । ‘बेलुका ५ बजेसम्म सबै विवरण पठाउन भनिएको छ’ मन्त्रालयको सचिव खगराज बरालले भने।

प्रदेश २ मा एसइईको सबै विषयको प्रश्नपत्र एकसाथ आउट भएको हुनसक्ने आशंका गर्दै छानबिन सुरु गरिएको छ। प्रदेश २ सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले छानबिन भइरहेको जानकारी दिएका छन्।

प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले घटना छानबिन गर्न शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ। समितिको सदस्यमा मन्त्रालयका सचिव ठूलोबाबु दाहाल र कानुन मन्त्रालयका उपसचिव अरुणकुमार झा रहेका छन्।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार मात्रै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिए सगै परिक्ष स्थगित भएपछि विद्यार्थीहरुले प्रदेश २ का विभिन्न जिल्लामा प्रर्दशन समेत गरेका छन् ।

Comments