गोन्जालो हिगुइनद्वारा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा

काठमाण्डौ । अर्जेनटाइन स्ट्राइकर गोन्जालो हिगुइनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । इंग्लिश क्लब चेल्सीका स्ट्राइकर हिगुइनले सन्यास घोषणा गरेका हुन् । ३१ बर्षीय हिगुइनले सन्यास घोषणा गर्दै आफुले अर्जेन्टिनाको लागि सक्ने योगदान दिएको बताउदै अब क्लब फुटबलमा फोकस गर्ने बताए ।

’मैले सन्यासको निर्णय लिएको छु । म परिवारसंग समय बिताउन चाहन्छु । मैले सक्ने सबै राष्ट्रको लागि दिएको छु,’ हिगुइनले भने, ’अब म चेल्सीका लागि केन्द्रित हुने छु ।’ यसै सिजन इटालियन क्लब युभेन्ट्सबाट चेल्सी आएका हिगुइनले अर्जेन्टिनाबाट ७५ खेलमा ३१ गोल गरेका छन् ।

Comments