मुम्बई इण्डियन्सको दोस्रो हार,पञ्जाबका लोकेश चम्किए

काठमाण्डौ । किङ्गस इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा मुम्बई इण्डियन्सलाई ८ विकेटले पराजित गर्दै पन्जाबले दोस्रो जित निकालेको हो ।

चन्द्रीगढमा मुम्बईले दिएको १७७ रनको लक्ष्य पन्जाबले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ७१ रनको योगदान दिए । यस्तै मायांक अग्रवालले ४३ तथा क्रिस गेलले ४० रनको योगदान दिए । डेभिड मिल्लर १५ रनमा अविजित रहे । मुम्बईका हार्दिक पाण्डयले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान रोहित शर्माले ३२ तथा हार्दिक पाण्डयले ३१ रन बनाए । युवराज सिंहले १८ रन जोडे । पन्जाबका मोहमद शामी, मुरूगन आश्विन र हार्डुस भिल्जोइनले २र२ विकेट लिए । जितसंगै पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा छ । मुम्बईको यो दोस्रो हार हो । मुम्बईले ३ खेलमा २ अंक जोडेको छ ।

Comments