चन्दको स्कटिङ गाडीले स्कुटर ठक्कर दिएपछि ट्राफिक प्रहरी महाशाखाले सशस्त्रलाई पत्र काट्यो

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको स्कटिङमा हिडेको गाडीले स्कुटरलाई ठक्कर दिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सशस्त्र प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।

शनिबार पूर्व प्रधानमन्त्री चन्दको स्कटिङमा हिडेको सशस्त्र प्रहरीको गाडीले काठमाडौंका माइतीघर नजिकै ठक्कर दिएको थियो । ठक्कर दिएको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरी महाशाखाले सशस्त्र प्रहरीलाई पत्र काटेको हो ।

शनिवार नयाँ बानेश्वरबाट माइतीघर तिर जाँदै गरेका बेला स्कटिङको गाडीले सर्वसाधरणको स्कुटरलाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि स्कुर सडकमा लडेको थियो । तर ठक्कर दिन गाडी नरोकिएर हिडेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल बनेको छ ।

भिडियो हेर्दा स्कुटर चालकभन्दा भीआईपीको स्कटिङमा हिडेको बा १ झ ९५२९ नम्बरको आर्म पुलिस फोर्सको भ्यानले लेख मिचेको छ । गल्ती गरेर स्कुटरलाई ठक्कर दिएपनि गाडी भने रोकिएको छैन । ठक्कर दिएपछि सडकमा पछ्छारिएकी महिलाको उद्धार नै नगरी सुरक्षा भ्यान हिडेपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

‘हामीले पनि भिडियो नै हेरेर थाहा पाऔ, सुरक्षामा खट्टिएको गाडीको गल्ती देखिन्छ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जयराम सापकोटाले भने ‘किन र कसरी यस्तो भयो भन्ने बिषयमा सशस्त्र प्रहरी बललाई पत्र काटिसकेका छौं।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जस्को सुरक्षामा हिडेको भएपनि ठक्कर दिने गाडी चालकलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउने जनाएको छ ।

Comments