ओलम्पिक छनोटका लागि नेपाली महिला टिम म्यानमार प्रस्थान

काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरण खेल्न म्यानमार जाने नेपालको राष्ट्रिय महिला फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघले (एन्फा)ले आईतबार एक कार्यक्रमकाबीच महिला फुटबल टोलीको बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले छनोट प्रतियोगितामा महिला टिमले इतिहास रच्ने विश्वास रहेको बताए । उनले नेपाली महिला टोलीले म्यानमारमा राम्रो प्रर्दशन गर्ने कुरामा आफु आशावादी भएको धारणा राखे ।

नेपाली राष्ट्रिय महिला फुटबल टोली दिउँसो ३ बजे म्यानमार प्रस्थान गर्नेछन् । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समूह ुबीु मा रहेको छ। नेपाल सम्मिलित समूहमा आयोजक म्यानमारसहित भारत र इन्डोनेशिया छन्।

Comments