बस्ने कुर्सी नपाएपछि उद्योगमन्त्री मातृका यादव झोक्किदै लगानी सम्मेलनबाट बाहिरिए

काठमाडौं । लगानी सम्मेलनमा आफुलाई अपमान गरिएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव झोक्किएर बाहिर निस्किेका छन् । लगानी सम्मेलनको पहिलो रोहमा मन्त्रीहरुलाई बस्ने ब्यवस्था गरिएको छ । तर त्यहाँ बस्ने सीट नपाएपछि मन्त्री यादव झोक्किदै बाहिर निस्केका हुन् । केही दिनअघि मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सवाल जवाफ गरेका मन्त्री यादव लगानी सम्मेलनमा पनि आफ्नो रिस काबुमा राख्न सकेनन् ।

अघिल्लो बर्ष लगानी सम्मेलन हुँदा तत्कालिन उद्योग, बाषिज्य तथा आपूर्तिमन्त्री नविन्द्रराज जोशीले गरेका थिए । तर यसपटक प्रधानमन्त्री ओलीको निर्देशनमा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनको अध्यक्षता गरिरहेका छन् । लगानी सम्मेलनमा आफुलाई अध्यक्षता गर्न नदिएको झोक उनले कुर्सीमाथी साँधेका छन् । लगानी सम्मेलनमा अर्थमन्त्री र लगानी बोर्डले संयोजन गरिरहेका छन् भने उद्योगमन्त्रीको भूमिका गौण बनाइएको छ ।

पहिलो रोहमा बस्ने स्थान नपाएपछि उनी झोक्किर बाहिर निस्केका थिए । तर मन्त्रालयका कर्मचारी र अन्यब्यक्तिले उनलाई थामथुम पारेका छन् । तरपनि उनी हलमा भने प्रवेश गरिसकेका छैनन् । उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह पनि सम्मेलनभन्दा बाहिर बसिरहेका छन् ।

दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीको संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा। युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्। यो लगानी सम्मेलनमा उद्योग मन्त्रालयको भूमिका छैन। अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेका छन्।

Comments