काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ‘नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई थुनामुक्त गराउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ । सर्वोच्च अदालतमा उपस्थित गराई थुनामुक्त गराउन छोरी विपना ओलीले बुधबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी छिन्।
हेमन्त ओली, लोकेन्द्र खड्का र विपना ओलीको नाममा सर्वोच्चमा दर्ता रिटमा पक्राउ गरेकालाई निःशर्त अदालतमा उपस्थित गराई रिहाइको लागि आदेश जारी गर्न आग्रह गरिएको छ।
ओलीले बुबा हेमन्त प्रकाश र दाई लोकेन्द्र खड्कालाई सरकारले गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै रिट दर्ता गरेकी हुन्। कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, राजु अधिकारी र कान्तीराम ढुंगानाको सहयोगमा मुद्दा दर्ता गरिएको छ ।
मुद्दामा गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाग ललितपुर, प्रभाग प्रमुख, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिप्रका काभ्रेका प्रमुख, ललितपुर जिल्ला अदालतलाई विपक्षी बनाइएको छ।
ओली र खड्कालाई यही चैत ९ गते काभ्रेमा पार्टीको कार्यक्रममा सहभागी भई काठमाडौं फर्किने क्रममा सादा पोसाकका प्रहरीले पक्राउ गरेको थियो।
रिटमा नेपालको संविधानको धारा ४६, धारा १३३ ९३०, सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३३, नियम ३७ बमोजिम आदेश जारीको लागि माग गरिएको छ।
।
Comments
Post a Comment