परीक्षा स्थगित भएपछि सप्तरीमा तनाव : राज्यमन्त्रीको गाडीमा तोडफोड, शिक्षामन्त्रीको पुत्ला दहन

जनकपुर । एसइई परीक्षा स्थगित भएपछि प्रदेश नम्वर २ का बिद्यार्थी आन्दोलनमा उत्रेका छन् । प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले प्रदेश नम्वर २ मा दुई परीक्षा स्थगित गरेको छ ।

परीक्षा स्थगित गरेको भन्दै बिद्यार्थीहरु आन्दोलित बनेका छन् । आन्दोलित बिद्यार्थीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पुत्ला जलाएका छन् भने राज्यमन्त्रीको गाडीमा तोडफोड गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको छ ।

आज शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि एक दिन अगाडी नै बाहिरिएको थियो । लगातार प्रश्नपत्र बाहिरिएपछि सरकारले छानविन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)लाई जिम्मा दिइसकेको छ । परीक्षा स्थगित भएपछि सप्तरी, सिराहमा विद्यार्थीहरुले बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका छन् । मुल सडक अबरुद्ध भएपछि सयौ सवारी साधन बाटोमै रोकिएका छन् ।

सप्तरीको राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षामन्त्रीको राजिनामा माग्दै बिद्यार्थीले आन्दोलन चर्काएका छन् । परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ ।

Comments