नेपालमा लगानी गर्न अर्थमन्त्रीको अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले राजनीतिकरुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकार समेत गठन भएको र प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचना समेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताए ।

अर्थमन्त्री डा.खतिवडाले सहज करका दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर नयाँ कानून तयार गरिएको, चीन र भारत जस्ता ठूला देशकोबीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएकाले नेपालमा लगानी गरी उच्च प्रतिफल हासिल गर्न आग्रह गरे ।

विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन् सोही क्षेत्र उपलब्ध गराउन सरकार तयार रहेको भन्दै अर्थमन्त्री डा.खतिवडाले स्थायी सरकार, नीतिगत तथा संरचनागत सुधार गरी लगानीकर्तालाई सहज वातावरण बनाइएका कारण नेपाल लगानीका लागि योग्य रहेको दोहो¥याए ।

Comments