रामेछाप पुगेर देउवाले भने : ‘वर्तमान सरकार रगतले स्थापना गरको प्रजातन्त्र खाेस्दैछ’

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र खतरामा परेकाे बताएका छन् ।

रामेछापको मन्थली नगरपालिका–९ पुराना गाउँमा टीकाराज आरणको शालिक अनावरण कार्यक्रममा देउवाले वर्तमान सरकारले  प्रजातन्त्रमाथि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आक्रमण सुरु गरेको बताएका हुन् ।

उनले सरकाले विधेयकको नाममा प्रजातान्त्रिक अधिकार खोस्ने गरी काम गरिरहेको दावी गरे । भोलि कुनै पनि बहानमा सहिदको वलिदान र रगतले स्थापना गरको प्रजातन्त्र खोसिन सक्ने बताउँदै देउवाले यो कुरा कांग्रेसलाई सैह्य नहुने बताए ।

 नेपाली कांग्रेसका नेता टीकाराज आरणलाई २०५७ सालमा तत्कालीन माओवादी कार्यकर्ताहरुले घरैबाट नियन्त्रणमा लिई हत्या गरेका थिए । उनको स्मरणमा सो शालिक स्थापना गरिएको हो ।

Comments