प्रधानमन्त्रीलाई एउटा जब्वर प्रश्न सोध्न मन लाग्यो ‘राजालाई दिल्लीबाट ल्याउँदा जनताले दुख पाएको अनुभूति तपाईसँग छ भने प्रचण्डलाई सिक्लेस र तपाईलाई झापाबाट ल्याउँदा जनताले सुख पाए ? १४ बर्षदेखि ओली, प्रचण्ड र शेरबहादुरको रजगज छ । सिंहदरवार र बालुवाटारको रजगजबाट कति नेपाली सुकी भए ? युवाको पसिना विदेशी मुलुकमा बग्न छोड्यो ? सुन्दर सपना बोकेका युवाको शव बन्द बाकसमा आउन छोड्यो ? लाउडादेखि बाइडबडी, सुडानदेखि ३३ केजी सुन काण्ड के लोकतन्त्रका सुन्दर कर्म हुन् ?
राजेन्द्रवीर राय
सुदुरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाई थियो ‘भागेर दिल्ली पुगेका राजालाई डोकोमा बोकेर फिर्ता ल्याउँदा दुख पाइयो, अब फेरी जंगल पुगेका राजालाई बोकेर नारायणहिटीमा ल्याउने गल्ती गरिदैन ।’
प्रधानमन्त्रीको भनाई प्रजातान्त्रिक मुलकका शासकजस्तो थिएन । यस्तो भनाई अधिनायकबादको उन्माद घोडामा जडेका शासकलाई सुहाउँछ । प्रधानमन्त्रीको भनाई अस्वभाविक पनि होइन किनकी नारायणहिटीबाट राजालाई जनताले हटाएका होइनन् । विदेशीको सहारामा बानेश्वरको सम्मेलन केन्द्रबाट ओली जमातले हटाएको हो । तर ओलीले एउटा कुरा के बुझ्नु पर्दछ भने जतिसुकै शक्तिशाली शासक भएपनि जनताका अगाडी घुँडा टेक्नै पर्छ । जनताले राजालाई नारायणहिटी ल्याएकै दिन ओली जमातले घुँडा टेक्नेछन् ।
प्रधानमन्त्रीलाई एउटा जब्वर प्रश्न सोध्न मन लाग्यो ‘राजालाई दिल्लीबाट ल्याउँदा जनताले दुख पाएको अनुभूति तपाईसँग छ भने प्रचण्डलाई सिक्लेस र तपाईलाई झापाबाट ल्याउँदा जनताले सुख पाए ? १४ बर्षदेखि ओली, प्रचण्ड र शेरबहादुरको रजगज छ । सिंहदरवार र बालुवाटारको रजगजबाट कति नेपाली सुकी भए ? युवाको पसिना विदेशी मुलुकमा बग्न छोड्यो ? सुन्दर सपना बोकेका युवाको शव बन्द बाकसमा आउन छोड्यो ? लाउडादेखि बाइडबडी, सुडानदेखि ३३ केजी सुन काण्ड के लोकतन्त्रका सुन्दर कर्म हुन् ?
सुन्दर सपना देखाउनु र त्यसमै रमाउनु एउटा मानवीय आत्मसन्तुष्टी होला । तर ओली र प्रचण्डले दिएका सपनामा १३ हजार नेपालीले ज्यान गुमाए । यतिधेरै ज्यान लिँदा पनि नेपाल किन बनेन ? देश बनाउने ड्राइभर सिटमा १४ बर्षदेखि को विराजमान छ ? नेपाल विश्वकै धेरै भ्रष्टाचारी मुलुकमा कसरी दर्ज भयो ? अति गरिव राष्ट्रको उपमा पाउने दिन कसरी आए ? यस्ता दर्जनौ प्रश्न हजारौ नागरिकले सोध्ने बेला आएको छ । बरु बालुवाटारमा बसेर यी प्रश्नको जवाफ दिने हैसियत रजजगका डाइभरसँग छ की छैन ? अब पनि फेरी राजा र राजतन्त्रकै कारण माखुरी जालमा परयौ भन्दै गीत गाउने हो भने माझी दाईको जालले मुखडो लुकाए सरह हुनेछ ? पहिले झुटको खेति सफल भयो होला तर अब माखुरी जालको गीतले धुन दिन छोड्नेछ ।
राप्रपा यस्तै प्रश्नको भारी बोेकर जनतासँग जाँदैछ । १५ फागुनमा ताप्लेजुङबाट राष्ट्रिय स्वाभिमानी यात्रा शुरु हुनेछ । यसको गन्तब्य जनताबाट शुरु भएर जनतासँगै सकिने छ । फगत राजनीतिको गन्तब्य नाप्न न दिल्लीको हैदरावाद हाउस जानेछ र नत थाइल्याण्डको पाँच तारे होटलमा डिनर मिटिङ नै गर्नेछ ।
ताप्लेजुङको पाथीभाराबाट शुरु हुने राष्ट्रिय स्वाभिमानी यात्रा महाकाली पुगेर सकिनेछ । हिन्दू राष्ट्रको पुर्नःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, राजासहित गोलमेच सम्मेलन र युवालाई स्वदेशमै रोजगारी जस्ता बिषय लिएर जनतामाँझ जाँदैछौ । जनताको ताकतबाटै विदेशीको इसारामा गुमेको हिन्दु राष्ट्रको शान फर्काउने हाम्रो उदेश्य हो । दुई तिहाईको आडमा बालुवाटारबाट जतिसुकै हुन्डर मच्चाएपनि सत्यका अगाडी मिथ्या उखान र टुक्का टिक्ने छैन् ।
हाम्रो धर्म संस्कार, रिति रिवाज खुल्ला मैदानका बिक्रि बस्नु होइनन् । धर्म संस्कार बिक्रि गरेको रकम स्वीस बैंकको खातामा जम्मा होला । रजगजदार कै घरमा दियो बल्न र आँगनमा तुलसी मगमगाउन छोड्यो होला तर आम नेपालीका घरमा तुलसीले बासना दिइरहेकै छ । शासकका त्रासमा घरभित्रको दियो धिपधिप गरिरहेको छ । त्यही दियोमा तेल र तुलसीमा पानी हाल्न राप्रपाले स्वाभिमानी यात्रा थाल्दैछ ।
यात्रा गन्तब्यमा पुग्नका लागि हुन्छ । कसैप्रति लक्षित पनि हुन्छ । तर घृणित हुँदैन । घृणा मानवीय स्वभावमा हुन्छ । त्यसको जवाफ माक्र्स र लेनिनको पुस्तकमा भेटिदैन । घृणाको जवाफ माया र सत्कार हुन्छ । त्यो माया र सत्कार नेपाली माटो र नेपाली पनमा छ ।


Comments
Post a Comment