राष्ट्रपति भण्डारी मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल आउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेल आउने भएकी छन् ।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ ।

राष्ट्रपति भण्डारीले टुँडिखेलमा आई मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Comments