कर्णालीमा विप्लव समुहसँग वार्ता थाल्न नेकपा नेता कँडेलको प्रदेश सरकारलाई आग्रह

काठमाडौं । नेकपा नेता तथा पूर्वमन्त्री यामलाल कँडेलले सशस्त्र हमलामा उत्रेको विप्लव नेतृत्वको नेकपासँग छलफल र बार्ता चलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेका छन् । संघिय सरकारले वार्ताभन्दा कारवाहीको बाटो रोजिरहेका बेला कर्णाली प्रदेश सरकारलाई सम्वादको बाटोबाट विकराल अबस्था आउन नदिन नेता कँडेलले आग्रह गरेका छन् ।
विप्लव नेतृत्वको नेकपाको नाम नलिएपनि नेता कँडेलले एनसेलमाथी भएको हमलालाई इंगित गर्दै त्यस्ता क्रियाकलापबाट कर्णाली प्रदेशलाई बचाउन संवादको बाटो रोज्नु पर्ने बताए । प्रदेश सरकार र मुख्यमन्त्रीलाई मेरो आग्रह छ, कर्णालीमा विकराल अबस्था आउन नदिनुहोस, यस्ता समुहसँग समयमै वार्ता र सम्वाद थाल्नुहोस, नेता कँडेलले भने हाम्रा सुरक्षाकर्मीको भरमा सुरक्षा सर्तकता अपनाउनु खोज्नु भयो भने समस्या आउन सक्छ ।
सुरक्षाकर्मीको आडमा समस्या हल गर्न खोज्दा विगतमा पनि बिकराल अबस्था आएको बताउँदै नेता कँडेलले सुरक्षाकर्मीको सूचना र काम गर्ने तरिका सन्तोष जनक नभएको बताए । उनले यस प्रदेशभित्रका समुहसँग छलफल र बार्ता गर्न आग्रह गरे ।
त्यसैगरी कँडेलले कुरामा नभई काममा अब्बल कर्णाली प्रदेश बनाउन सरकारलाई आग्रह गरेका छन् । देशका ७ वटै प्रदेशमध्ये सवैभन्दा कम बजेट कर्णाली प्रदेशमा खर्च भएको छ । विकास बजेटलाई तीन महिनाभित्र राम्रो खर्च गरी परिणाम देखाउन सरकारलाई आग्रह गरेका छन् ।

Comments