पुरानाे कार्यशैली र साेचाइ नफेरिए सय वर्षमा पनि देश विकास हुँदैन्: मन्त्री जमकट्टेल

काठमाडाैं । प्रदेश ३ का  आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पुरानाे कार्यशैली र साेचाइ नफेरिए अबकाे सय वर्षमा पनि देश विकास नहुने बताएका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित रामतीमा आयोजित कार्यक्रममा मन्त्री जमकट्टेलले अहिलेकाे काम गर्नेतरिका उही पञ्चायतकै जस्ताे भएकाे भन्दै यस्ताे पाराले मुलुककाे समृद्धि संभव नभएकाे धारणा व्यक्त गरे ।

‘घरै पिच्चे सडक खन्ने तर  जेठदेखि नै माेटर नचल्ने र टाेलै पिच्छे विद्यालय हुने तर पूर्वधार र गुणास्तरिय शिक्षा नहुने अवस्थाकाे अन्त्य गर्नुपर्छ । एउटा टाेलमा एउटा बाटाे हाेस् तर सधैभरी माेटर चलाेस् । विद्यालय थाेरै हाेस् तर शिक्षामा गुणस्तर हाेस् ।’ मन्त्री जमकट्टेलकाे भनाइ थियाे ।

कार्यक्रममा मंसिर २८ गते भएको मिनी ट्रक दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई एक-एक लाख राहत प्रदान गरिएकाे थियाे ।  मन्त्री जमकट्टेलले मृतकका परिवारलाई प्रदेश सरकारकाे तर्फबाट एक-एक लाखकाे चेक हस्तान्तरण गरेका थिए ।

 

 

 

 

Comments