हेलिकप्टर दुर्घटना अपडेट: मन्त्री अधिकारीका साथमा काे काे थिए ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

मन्त्री रवीन्द्र अधिकारी चढेको  उक्त हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए ।

 प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टरमा मन्त्री अधिकारी सहित ६ जना रहेका छन्। यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,  वीरेन्द्रिप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे रहेकाे खुलेकाे छ ।  हालसम्म क्षतिको विवरण अज्ञात रहेको छ। थप विवरण आउन बाकी छ ।

Comments