दुर्घटनाबाट परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु’: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट असह्य पीडा महसुस भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा  असह्य पीडा भएकाे कुरा अभिव्यक्त गरेका हुन्।

मन्त्री अधिकारीकाे दुर्घटनास्थलमा खिचिएकाे हृदयविदारक तस्विर

प्रधानमन्त्रीले लेखेका छन्, ‘हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहानडाँडामा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो। यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु।’

निधन भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीले  अपूरणीय क्षतिप्रति गहिराे दुख व्यक्त गरेका छन् । साथै सरकार मृतकहरुका परिवारकाे साथमा रहेकाे र सबै साथ साथ मिलेर यस दुखलाई सहन गराैं । प्रधानमन्त्रीले लेखेका छन् ।

 

Comments