इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले पाँच वर्षमा विकासको जग बसाउने बताएका छन् ।
आज माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले विकास निर्माणको काम गर्न शुरु गरेको उल्लेख गरेका हुन् । मुलुक अहिले समृद्धिको दिशामा उन्मुख भइसकेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा उनकाे जोड थियाे ।
कार्यकर्ताले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले अबका दिनमा चुनावी कार्ययोजनाअनुरुप नै पार्टी र सरकार अघि बढ्ने बताए । “चुनाबी घोषणापत्रअनुसार नै काम गर्ने योजना बनाइएको छ, पाँच वर्षमा विकासको काम तीव्र गतिले हुन्छ ।” उनकाे भनाइ थियाे ।
Comments
Post a Comment