सुविधासम्पन्न विद्यालय भावनका लागि मन्त्रीलाई ज्ञापन पत्र

काठमाडाैं । शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणी पोेखरेललाई रामेछापका नेता तथा जनप्रतिनिधिहरुको एक टोलीले सुविधासम्पन्न विद्यालय भवन निर्माणका लागि ज्ञापन पत्र बुझाएका छन् ।

सुनापति गाउँपालिका १, गुन्सीभदौरेको शतलिंगेश्वर मा. वि. मा सुविधासम्पन्न विद्यालय भवन निर्माणका लागि ज्ञपन पत्र बुझाइएको हो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, सुनापति गाउँपालिकाका उपप्रमुख गिता विष्ट र गुन्सी भदाैरेका वडा पालिका अध्यक्ष चण्डेश्वरी चौलागाई नेतृत्वको एक टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।

मन्त्री पोखरेलले शतलिंगेश्वर माविको २०७३ को वार्षिक उत्सकोत्सव कार्यत्रमा सुविधासम्पन्न भावन बनाइदिने शाश्वासन दिएका थिए । मन्त्री पोखरेलले आफुले बोलेको पुरानो बचन पुरा गर्ने प्रतिवद्धता जनाएको युवराज चौलागाईले जानकारी दिए ।

Comments