काठमाडाैं । एन आई सी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एन आई सी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री सुधीरनाथ पाण्डेज्यू र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष श्री देबिका बुढाथोकीज्यूद्वार फल्गुण १२ गते हस्ताक्षर कार्यक्रम सम्पन्न भएकाे हाे ।
उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाख देखि १० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराइने छ ।
यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाकालागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
एन आई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखि योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतमा केन्द्रित भएर निजी क्षेत्रबाट सञ्चालित बैंकहरू मध्येकै ठूलो बैंक बन्न सफल भएको छ । यसै सिलसिलामा ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ ।
Comments
Post a Comment