पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धाञ्जली सभा भोलिका लागि सर्‍यो

काठमाडौं । ताप्लेजुङको पाथिभरास्थित सिस्ने खोला क्षेत्रमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बिहीबार टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली शुक्रबार मात्रै हुने भएको छ।

पोस्टमार्टममा समय लाग्ने भएपछि भोली बिहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ। दुर्घटनामा मृत्यु भएका सातै जनाको शव बिहीबार बिहान काठमाडौँ ल्याइएको थियो। सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।

तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिने ४र५ घन्टा लाग्छ ।

मन्त्री अधिकारीको शुक्रबार नै गृहनगर पोखरामा दाहसंस्कार गरिने नेकपाले जानकारी दिएको छ ।

Comments