मन्त्री अधिकारीसहित सातै शव बुझ्दै गर्दाको क्षण (फोटो फिचर)

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याइएको छ । दिउँसो १२:१५ मा ताप्लेजुङबाट शव बोकेर हेलिकोप्टर उडेको थियो।

हेलिकोप्टर त्रिभुवन विमानस्थल काठमाडौमा दिउँसो १ बजेर १५ मिनेटमा विमानस्थल उत्रिएको विमानस्थल कार्यालका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

ताप्लेजुङबाट सैनिक हेलिकप्टरमा शव राजधानी ल्याइएको हो। यहाँबाट एम्बुलेन्समा राखी शव त्रिवि शिक्षण अस्पताल लगिएको छ । मन्त्री तथा उच्च पदस्थ अधिकारी तथा सुरक्षाकर्मीहरु शव ग्रहणका लागि विमानस्थल पुगेका थिए।

हेर्नुस् त्यहाँको केहि दृश्य:

Comments