रामेछापका घिमिरे जाे मन्त्री अधिकारीसँगै विदा भए

काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर अर्जुन घिमिरे उमाकुण्ठ गाउँपालिका–१ गुम्देलका हुन् ।

सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी भदौ १० देखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले  बताए ।

 हाल कीर्तिपुरस्थित घरमा उनकी श्रीमती शैलु घिमिरे र १० वर्षीय छोरा असिम घिमिरे छन् । एक पर्षा अगाडि मात्रै उनकाे पिताकाे निधन भएकाे थियाे ।

Comments