शाेकाकुल आफन्तहरु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहितका ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याइएको छ । यतिवेला देश नै शाेकमा ढुबेकाे छ ।

बिहीबार बिहान काठमाडौं उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकोप्टर दुर्घटनामा मृत्युवरण गरेका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याउँदा यहाँको मौसममा समेत बदलाव देखिएको छ ।

दुर्घटनामा अधिकांशको शरीर जलेको अवस्थामा रहेकाले कतिपय शवहरु चिन्नसमेत गाह्रो छ । यो अवस्थामा पोष्टमार्टमका लागि समय लाग्न सक्ने भएकाले टुँडीखेलको समयतालिका प्रभावित हुन सक्ने देखिएको छ ।

देशले यतिखेर ऊर्जावान बहालवाला नौजवान मन्त्रीलाई गुमाएको छ । मन्त्रीका साथमा उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मीसमेत देशले गुमाएको छ । यतिबेला सिंगै देश शोकमग्न छ ।

तस्विरमा शाेकाकुल अवस्थामा रहेका मृतकका परिवारहरु 

Comments