नेपालद्वारा चीन ५ रनले पराजित

काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।

थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो । टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो । ओपनर सिता राना मगर ११ रनमा आउट भइन् । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झर्यो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन् ।

नेपालको स्कोर ५ रन हुँदा अरु दुई विकेट झर्न पुग्यो । जसमा विन्दु रावल १० रनमा तथा इन्दु बर्मा आठ रनमा पेभेलियन फर्किइन् । यस्तै नेपालले ६० रनमा पाँचौ तथा ६५ रनमा छैटौ विकेट खेर फाल्यो । अप्सरा तीन तथा कप्तान रुबिना क्षेत्री ५ रनमा आउट भइन् । तर त्यसपछि नेपालका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । करुणा भण्डारीले खाता खोल्न सकिनन् भने सरिता मगर ६ रनमा आउट भइन ।

आजको जितसँगै नेपाल ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

Comments