भीसी हटाउन करोडौंको चलखेल, आफै भ्रष्टाचारी आफै छानविन !

रौनियारलाई पदबाट हटाउन र मन्त्रीलाई आर्थिक नजरानाको प्रभावमा पार्न एक समुह सक्रिय भएको छ । प्रतिष्ठानमा भएको भ्रष्टाचार लुकाउन वर्तमान भीसीले नमानेपछि उपकुलपति र रजिष्टारहरुको एक समुह करोडौ रकम बोकि मन्त्रीको चक्कर लगाइरहेका छन् । आफ्नो अनिमितता लुकाउन र मन्त्रीलाई करोडौ नजराना चडाउन उनीहरु दैनिक रामशाहपथमा दौडिरहेका छन् । मन्त्रीले पनि गिरोहकै चाहना जस्तो भीसी हटाउने प्रस्ताव ल्याउँदा शंकाको घेरामा परेका छन् ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख नहेर्ने कसम खाइरहेका बेला एकपछि अर्काे गर्दै भ्रष्टाचार र घुसकाण्डका ठूला घटना बाहिर आउन थालेका छन् । अख्तियार आयुक्त राजनारायण पाठकको घुसकाण्ड बाहिर आएलगतै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विपी कोइराला स्वास्थ्थ विज्ञान प्रतिष्ठानमा मुछिएका छन् ।

प्राडा राजकुमार रौनियार विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका भीसी हुन् । रौनियारलाई पदबाट हटाउन र मन्त्रीलाई आर्थिक नजरानाको प्रभावमा पार्न एक समुह सक्रिय भएको छ । प्रतिष्ठानमा भएको भ्रष्टाचार लुकाउन वर्तमान भीसीले नमानेपछि उपकुलपति र रजिष्टारहरुको एक समुह करोडौ रकम बोकि मन्त्रीको चक्कर लगाइरहेका छन् । आफ्नो अनिमितता लुकाउन र मन्त्रीलाई करोडौ नजराना चडाउन उनीहरु दैनिक रामशाहपथमा दौडिरहेका छन् ।

करोडौ रकम बोकि मन्त्रीको चक्कर काटीरहेका बेला स्वास्थ्यमन्त्री यादवले १६ फागुनमा प्रतिष्ठानको बैठक बोलाएका छन् । बैठकमा मन्त्रीले भीसी परिर्वतनको प्रस्ताव ल्याउन लागेको उनी निकट स्रोतले बताएको छ । एकाएक भीसी परिर्वतनको प्रस्ताव ल्याएपछि स्वास्थ्यमन्त्री यादव शंकाको घेरामा परेका छन् ।

भीसी रौनियारलाई हटाएर अरविन्द सिन्हालाई भीसी बनाउने तयारी मन्त्रीले गरेका छन् । ‘आर्थिक अनिमितता लागेको समुहले पनि अरविन्दलाई नै भीसी बनाउन साम र दामको बाटो रोजिरहेका थिए’, स्रोतले भन्यो ‘रौनियारलाई हटार सिन्हालाई ल्याउने प्रस्ताव मन्त्रीले राखेभने त्यो प्रस्ताव गिरोहकै कै हो ।’

वर्तमान भीसी रौनियारलाई हटाउन स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरिसकेका छन् । तर ओलीले नमानेपछि उनी आक्रोसित भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘एउटा भीसी पनि परिवर्तन गर्न नसक्ने भए म किन मन्त्री बन्ने ? म सरकार छाडिदिन्छु’ भन्दै प्रधानमन्त्रीसँग आक्रोस पोखेको स्रोतले बताएको छ ।

स्वास्थ्यमन्त्रीको रोजाईमा सिन्हा परेका छन् । तर सिन्हाको अवकास अवधि धेरै छैन । थोरै समय पदमा रहने सिन्हाका लागि मन्त्री किन यति चासो दिइरहेका छन् ? उनको चासोले पनि अर्काे शंंका उत्पन्न गरेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाथी भ्रष्टाचारको आरोप लागि नै रहेको छ । प्रतिष्ठानमा आर्थिक अनिमितताको आरोप लागेपछि कुलपति तथा प्रधानमन्त्री ओलीले छानविन समिति गठन गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । समितिले प्रतिवेदन पनि बुझाइसकेको छ । समितिको प्रतिवेदन अध्ययन गर्न प्रधानमन्त्री ओलीले विभागीयमन्त्री यादवलाई दिएका थिए । समितिको प्रतिवेदन अध्ययन र कार्यान्वयनका लागि मन्त्री यादवको संयोजकत्वमा फेरी तीन सदसीय समिति बन्यो । रोचक त के छ भने मन्त्री यादवको संयोजकत्वमा रहेका दुई सदस्य अधिकारी प्रतिवेदनका आरोपी हुन् ।

अधिकारी संयोजकत्वको समितिले २०७५ भदौ १७ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिबेदन अध्ययन गरी सुझाव दिन प्रधानमन्त्रीले २०७५ असोज ५ गते मन्त्री यादवको संयोजकत्वमा तीन सदसीय समिति बनाए । भ्रष्टाचारको आरोप लागेका ब्यक्तिलाई नै छानविन समितिको सदस्य बनाएपछि भीसी रौनियारले आपत्ति जनाएका थिए । यी दुई ब्यक्तिलाई भ्रष्टाचारको आरोप लागेको जानकारी स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीलाई गराएनन् ।

प्रतिष्ठानका पूर्व उपकूलपति प्रा.डा.बलभद्र दास र रजिष्टार तुलबहादुर श्रेष्ठले सञ्चालक समितिबाट स्वीकृति नै नलिई ४ सय शैयाको मातृशिशु भवन निर्माणको ठेक्का दिएको, २०० शैयाको कार्डियोलोजी भवन तथा अंकोलोजी भवनहरुको निर्माण प्रक्रियामा नियमविपरित परामर्शदाता छनौट गरेको आरोप लागेको छ ।

अधिकारी प्रतिवेदनले रजिष्टार श्रेष्ठलाई मुख्य दोषि नै बनाएको छ । उनै मुख्य दोषिले बनाएको प्रतिवेदनमाथी सिनेटमा छलफल हुने भएको छ । एउटा टेण्डर बारम्वार आह्वान र संशोधन गरी अनिमितता गरेको, भवन निर्माणमा भ्रष्टाचार गरेको , प्रबन्धक नियुक्तिमा मापदण्ड मिचेको, नियमविपरीत भुक्तानी दिएको, खाताको पैसा गायब गरिएको आरोप रजिष्टार श्रेष्ठमाथी लागेको छ ।

Comments