दोलखा । दाेलखाकाे मेलुङ गाउँपालीकाले बोलपत्रको नियम विपरित पालिका अन्तरगतका ग्रामिण सडक निर्माणकाे ठेक्का रद्द गरेको छ । निमार्ण कम्पनिसँग अनावश्यक कागजात मागेर त्रुटिपूर्ण तरिकारले बोलपत्रको म्याद थप गरेको र निर्माण व्यवसायीसँग सल्लाह नै नगरी ठेक्का रद्द गरेको भन्दै मेलुङ गाउँपालिका निर्माण व्यवसायी संघले विज्ञप्ती जारी गरेर विरोध जनाएको छ ।
मेलुङ गाउँपालिका निर्माण व्यवसायी संघका अध्यक्ष विकल खड्काका अनुसार करिव नाै कराेडकाे ग्रामिण सडक निर्माणकाे ठेक्का पालीका अध्यक्ष नरबहादुर श्रेष्ठ र प्रशासन प्रमुख कुष्णप्रसाद हुमगाईकाे मिलेमताेमा वडा अध्यक्षहरुसँगसमेत सल्ला नगरि रद्द गरेकाे जानकारी दिए ।
संघले भने आफुहरुसँग सल्लाह र सहकार्यविना ठेक्काकाे काम अगाडि नबढाउन र रद्द ठेक्काकाे राजस्व सहित सम्पूर्ण आर्थीक हिसाव सार्वजनिक गर्नसमेत माग गरेकाे छ ।
पालिकाले गत माघ २ गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वानको सुचना गरिएको थियो । ठेक्काकाे लागि १६१ फर्मले बाेलपत्र हालेकाे थियाे । बाेलपत्रअनुसार प्रत्येक फर्मले ३ हजार शूल्क बुझाएकाे थियाे । ठेक्का रद्द भएपछि त्याे रकमकाे विषय पनि उठेकाे छ ।

Comments
Post a Comment