मन्त्री अधिकारीको शोकमा पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बिहीबार बसेको बैठकले पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ । नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह समेत गरेको छ ।

Comments