पाकिस्तानले भारतका दुई लडाकु विमान खसाल्यो, एक पाइलट नियन्त्रणमा

इस्लामावाद ।  पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमि प्रवेश गरेको दुई भारतीय विमानलाई खसालेको दाबी गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफुरले ट्वीट गर्दै एउटा विमान आजाद जम्मू काश्मिरमा र अर्को विमान भारत नियन्त्रित जम्मू काश्मिरमा खसेको जानकारी दिएका छन्। उनले एक जना भारतीय पायलटलाई नियन्त्रणमा लिएको समेत बताएका छन्। यद्यपि स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि दुई देशको तनाव बढ्दो छ । भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने बताएको थियो ।

त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता डा। मोहम्मद फैसलले यसको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘पाकिस्तानी वायू सेनाले आफ्नो वायू सीमाभित्रै रहेर नियन्त्रण रेखाको अर्कोतर्फ बमवारी गरेको छ ।’

तर, यो भारतीय आक्रमणको जवाफ नभएको बताए । फैसलले भनेका छन्, ‘पाकिस्तानले गैरसैन्य क्षेत्रलाई निशाना बनाएको थियो, ताकि धनमालको नोक्सानी नहोस् ।’ मेजर जनरल आसिफ गफूरले बुधबार बिहान पाकिस्तानकाे हवाई क्षेत्रमा प्रवेश गरेका र भारत-पाक नियन्त्रण रेखा पार गरेका दुई लडाकु विमानलाई खसालेकाे र उक्त विमानका एक पाइलटलाई गिरफ्तार गरिएको बताएका छन्। पाकिस्तानकाे विदेशमन्त्रालयका प्रवक्ता डा. माेहम्मद फैसलले पाकिस्तानी वायुसेनाले भारतमा बम हमला गरेको दाबी गरेका छन्।

उनले पाकिस्तानकाे सीमा रेखा भित्र रहेर नै भारतमा हमला गरिएको बताए। उनले भारतीय हमलाकाे जवाफमा पाकिस्तानले बमबारी गरेको बताए। पाकिस्तानले युद्ध गर्ने मनशाय नभए पनि भारतले आत्मरक्षाका लागि बाध्य पारेको बताएको छ।

Comments