मन्त्री अधिकारी चडेको हेलिकप्टरमा पाँच शव जलिरहेका छन् -प्रत्यक्षदर्शी

काठमाडौँ । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी चडेको हेलिकप्टर टुक्रा टु्क्रा अबस्थामा जलिरहेको फेला परेको छ । दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार टुक्रा टुक्रा भएको हेलिकप्टरमा पाँच वटा शव जलिरहेका छन् ।

घटना स्थलमा कुनैपनि ब्यक्ति जिवित भेटिएका छैनन् भने ५ वटा शव जलिरहेका छन् । पाथीभरा मन्दिरबाट उडेको १ मिनेटमा सिस्ने खोला तारेभीरको चुच्चोमा हेलिकप्टर खसेको थियो ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आपतकालिन बैठक बोलाएका छन् । सरकारका सवैमन्त्रीहरु बालुवाटार पुगेका छन् ।

Comments