मन्त्री अधिकारीसहित सबै मृतकको शव श्रद्धान्जलीका लागि ३ बजेदेखि टुँडिखेलमा राखिंदै

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धान्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धान्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ ।

नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धान्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ ।

Comments