योगेशकाे भावुक ट्वीट: ‘प्रिय साथी म स्वीकार गर्दिन् ! तिम्रै आवाजले एक पटक बताइदेउन् यार्’

काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई सम्झिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का यूवा नेता एवम सांसद योगेश भट्टराईले भावुक ट्वीट गरेका छन् ।

भट्टराईले केही समय अघि ट्वीट गर्दै भनेका छन्, ‘प्रिय साथी म निशब्द छु म स्वीकार गर्दिन् १ तिम्रै आवाजले एकपटक बताइदेउन् यार् ।’

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। विमानस्थलको निरीक्षण गरी फर्कने क्रममा उक्त दुर्घटना भएको हो। दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाले ज्यान गुमाएका छन्।

Comments