महिलाप्रति गरिने भोगलिप्साको परकाष्ठा: नाटक चम्पावती

पुरुषको भद्दा इच्छाको अगाडि पिल्सिएकी एक युवतीको कथा हो यो । यसमा पुरुषको महिलाप्रति गरिने भोगलिप्साको परकाष्ठा देखाइएको छ । चम्पावती आफ्नो समुदायबाट बाहिरिनु परे पनि उनी आफ्ना श्रीमानको जीवन बचाउन जिन्दगी दाउमा राख्छिन् । आर्थिक रुपमा उच्च वर्गकी अर्की महिला पनि उही पुरुषको दासत्वमा बाँच्न विवश छिन् । तर, ती महिलाले बिस्तारै घरेलु साङ्लो तोड्छिन् र घरमा हुर्किएको संरचनागत पुषत्वको विरुद्ध विद्रोह गर्छिन् । यो नाटक दुई महिलाको साहस र सङ्घर्षको कथा हो ।

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन । भारतको निकै पुरानो र चर्चित नाट्य समूह रितविक थिएटरको प्रस्तुति  ।चम्पावती शिल्पी थिएटरमा मञ्चन भयो । यो एक सर्प नचाउने समुदायको कथा हो ।

पुरुषको भद्दा इच्छाको अगाडि पिल्सिएकी एक युवतीको कथा हो यो । यसमा पुरुषको महिलाप्रति गरिने भोगलिप्साको परकाष्ठा देखाइएको छ । चम्पावती आफ्नो समुदायबाट बाहिरिनु परे पनि उनी आफ्ना श्रीमानको जीवन बचाउन जिन्दगी दाउमा राख्छिन् । आर्थिक रुपमा उच्च वर्गकी अर्की महिला पनि उही पुरुषको दासत्वमा बाँच्न विवश छिन् । तर, ती महिलाले बिस्तारै घरेलु साङ्लो तोड्छिन् र घरमा हुर्किएको संरचनागत पुषत्वको विरुद्ध विद्रोह गर्छिन् । यो नाटक दुई महिलाको साहस र सङ्घर्षको कथा हो ।

केही पैसा कमाइएला भन्ने सोच्दै गायाको नेतृत्वमा सर्प नचाउनेको समूह गाउँमा छिर्छ । गायाकी श्रीमती चम्पादेवी पनि सँगै छिन् । मनिक नामक एक एजेन्टले उनीहरूलाई लोभ देखाउँदै गाउँको सेठकहाँ लैजान्छ । आफ्नी श्रीमतीलाई वेवास्ता गरिरहेको सेठको नजर चम्पावतीमा पर्छ । ऊ गायालाई श्रीमती छोडेर टाप कस्न आदेश दिन्छ तर गाया मान्दैन । रिसले चुर भएर ऊ समूहलाई नै यातना दिन थाल्छ । त्यसलाई देख्न नसकेर चम्पादेवी उसको प्रस्ताव स्वीकार्छिन् तर उनको वलिदान गायाले बुझ्दैन । उसलाई नराम्रो व्यवहार गर्छ । ऊ अर्कै कसैलाई प्रेम गर्न थाल्छ । सेठले चम्पादेवीलाई प्रयोग गर्न खोज्छ तर सक्दैन ।

शक्तिको आडमा फुल्याउन खोज्छ तर पनि केही लाग्दैन । उसले वेवास्ता गरेकी श्रीमतीले जब यो कुरा चाल पाउँछिन, तब विरोध गर्छिन् । एकपल्ट भागिसकेर पनि फेरि पक्रिएर ल्याइएकी चम्पादेवीलाई उनैले छुटाउँछिन् । समूह खोज्दै चम्पादेवीले जब गायालाई भेट्छिन्, उसलाई सर्पले टोकिसकेको हुन्छ । गायाकी नयाँ श्रीमती आसमानीले उसलाई जोगाउन खोजिरहेको तर नदेखेपछि उनी आफैँले गायाको घाउमा मुख लगाउँछिन् र सर्पको विष तान्दिन्छिन् । गाया बाँच्छ तर उनी परलोक भइसकेकी हुन्छिन् ।

मञ्चसज्जाको चुस्त प्रयोग गरिएको छ । कोरियोग्राफी र नृत्यगायनको संयोजन अत्यन्त प्रभावकारी रहेको छ । यसमा प्रत्यक्ष संगीत रहेको छ । कलाकारहरुको अभिनय तथा निर्देशकको निर्देशकीय कौसल अब्बल देखिन्छ । बंगाली भाषा रहेको यस नाटकमा बंगाली स्थानीय जनजीवनको झल्को पाइन्छ । विप्लब देइ को निर्देशन रहेको यसका नाटककार सैयद शमसुल हुन् । १ः३० मिनेट समयअवधिको यो नाटकलाई नेपाली दर्शकहरुले रुचिका साथ हेरे ।

Comments