डि मारिया चम्कँदा पीएसजी सेमीफाइनलमा

काठमाण्डौ । पेरिस सेन्ट जर्मेन पीएसजी कोपा डे फ्रान्स लिग कप नकआउटको सेमिफाईनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा डिजोनमाथि ३–० को जित निकाल्दै पीएसजी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

लिग च्याम्पियन क्लब केलियन एम्बाप्पे र चोट भोगिरहेका स्टार खेलाडीद्वय नेयमार र ईडिन्सन काभानीबिनै मैदान उत्रिएको थियो । तर एन्जल डि मारियाले कुनै स्टार खेलाडीको अनुपस्थितीलाई खड्किन दिएनन् । पीएसजीको जितमा दुवै गोल मारियाले गरे ।

मारियाले आठौं मिनेटमा पीएसजीलाई सुरुवाती अग्रता दिलाए । २८ औ मिनेटमा डि मारियाले पीएसजीको अग्रता दोब्बर पारे । थोमस मुनिरले ७६ औ मिनेटमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । पीएसजी कोपा डेल रे फ्रान्स लगातार पाँचौ पटक जित्ने अभियानमा रहेको छ ।

पीएसजी यतिबेला लिग वानमा १७ अंकको अग्रता लिदै तालिकाको शीर्ष स्थानमा छ । उसले आगामी बुधबार म्यानेचेष्टर युनाईटेडसंग च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको खेल खेल्दैछ ।

Comments