मन्त्री अधिकारीका बुबाआामा रुदै फर्किए पोखरा

काठमाडौं । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुबाआामा रुदै पोखरा फर्किएका छन्।

हेलिकोप्टर दुर्घटनामा निधन भएको खबर सुनेर काठमाडौं आएका उनीहरु मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएपछि उनीहरु रुदैँ पोखरा फर्किएका हुन्।

बुबाआमासहित मन्त्री अधिकारीका आफन्तहरु समेत रहेका छन्। उनीहरू सबै भावुक र आखाँभरी आशु बनाएर २ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट पोखरा फर्किएका हुन्।

मन्त्री अधिकारीको शव काठमाडौंमा राजकीय सम्मान पछि पोखरा लैजाने तयारी गरिएको छ।

Comments