मन्त्री अधिकारीकाे अन्तिम भाषण : ‘पानी परेकाे छ, माैसम खराब भएकाे छ, हामी फेरि फर्कनुपर्ने छ’

स्व. मन्त्री रविन्द्र अधिकारीका अन्तिम भाषण । जुन क्यामारामा कैद भएको थियो । अब उहाँको अरु कुनै भाषण हामीले सुन्न पाउने छैनौ । उहाँले राजनतिक जीवनको अन्तिम वेगसम्म पनि देशको विकासबारे चिन्ता गरिरहनुभयो ।

मन्त्री अधिकारीले दुर्घटना अघि तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडा भएको कार्यक्रम यस्तो भाषण गर्नुभएकाे थियाे।

उहाँले अन्तिम भाषणमा बोल्दै  के भन्नुभएकाे थियाे सुनाैं उहाँकै शब्दमा 

अहिले हामी यहाँ आइरहँदा खेरी एयरपोर्टको सन्दर्भ चलाउन होइन की, एयरपोर्ट बनाउने योजना लिएर आएका हौं। मेरो साथमा चुहानडाँडा एयरपोर्टको नक्सा, स्टेमेट, डिजाइन सबै छ। पहिला  ३० करोड भनेपनि अहिले स्टिमेटमा ८७ करोड खर्च हुने अवस्था छ। मुलकको आर्थिक विकास र नेपालको समृद्धिको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ। यो ठाउँ उहाँकै जन्मस्थल ठाउँ मात्र भएर होइन, यो ठाँउमा एयरपोर्ट अतिआवश्यक र एयरपोर्टको लागि अतिउपयुक्त भएकाले पनि एयरपोर्ट बन्छ।

हामी उहाँको मन्त्रीमण्डलमा रहेर काम गरिरहेका छौं । यो ठाउँ उहाँको जन्मस्थल भएका कारणले मात्र होइन यो ठाउँ एयरपार्ट बनाउन उपयुक्त भएर पनि हामीले छलफल गर्यौ । सम्माननीय प्रधानमन्त्री ज्युले हामीलाई भन्नुभयो त्यस सन्दर्भमा के कस्तो लाग्छ डिटेल अध्ययन गनुस् । अघिल्ला अध्ययनका आधारमा हामीले अध्ययन गर्यौ । आज हामी नक्सा र सबैसहित एउटा अध्ययन पुरा गरिसकेर …अब त्यो अध्ययन पुरा गरिसकेपछि प्रधानमन्त्रीले अरु होइन पर्यटन मन्त्री आफै गएर चुहानडाँडा हेरेर आउनु भन्नुभो । त्यो अध्ययन पछाडि आज हामी यो ठाउँको स्थलगत अध्ययन गर्न आएका छौं ।…..यहाँ यतिकै हेर्दापनि एयरपार्ट बनाउन उपयुक्त ठाउँ छ । किनभने यहाँ केहिले पनि छेक्दैन ।

म तपाईहरुलाई प्रधानमन्त्रीकाे सन्देश पनि भन्न चाहन्छु कि सरकार याे ठाउँमा एयरपाेर्ट बनाउन प्रतिबद्ध छ । त्यसकारणले हामी यसलाई अगाडि बढाउनका लागि तपाईहरुकाबीचमा आएका छाैं । तपाईरुकाे साथ छ हामी सबै मिलेर यसलाई अगाडि बढाउने छाैं ।

दाेस्राे कुरा पानी परेकाे छ, माैसम अलि खराब भएकाे छ, हामी फर्कनुपरेकाे छ ।  ‍‍……..

Comments