पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

गृहमन्त्रलयका सचिव प्रेम कुमार राईले दुर्घटना भएको पुष्टि गरेका हुन् । ‘दुर्घटना भएको खबर आयो’ राईले भने, ‘तर मानवीय क्षति भए नभएको बारे जानकारी पाइएको छैन।’

ताप्लेजुङको पाथिभर मन्दिर दर्शर गरेर उडने क्रममा दुर्घटना भएको पनि बताइएको छ । हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना रहेको बताइएको छ । थप विवरण आउन बाकी छ ।

Comments