ताप्लेजुङबाट मन्त्री अधिकारीसहित सातै जनाको शव बोकेर हेलिकोप्टर काठमाडौंका लागी उड्यो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगाएत सातै जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङको सुकेटारबाट भर्खरै काठमाडौंका लागी उडेको छ ।

अब करिव एक घण्टामा हेलिकोप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्नेछ । शव काठमाडौँ ल्याइएपछि पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ। त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम रहेको छ। त्यसपछि अन्तिम काठमाडौँको टुडिखेलमा आजै सम्मान तथा श्रद्धाञ्जलीका लागी केहि राखिनेछ ।

आज बेलुकासम्म मन्त्री अधिकारीको शव गृह जिल्ला कास्की लगिने र शुक्रबार अन्त्येष्टि गरिने भएको छ ।  सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको थियाे ।

Comments