‘नेपाली दलितहरुले विश्वका श्रमजीवी जातिको मुक्तिकालागी संघर्ष गर्नुपर्छ’

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माणका निम्ति वैचारिक,राजनीतिक तथा सांगठनिक अभियान समिति दलित विभागले काठमाडौंको विजुली वजारमा राष्ट्रिय भेला सम्पन्न गरेको छ।भेलाले दलित संगठनको नाम ‘जात व्यावस्था उन्मुलन मोर्चा’ घोषणा गरेको छ । भेलामा देशै भरी बाट १०१ जना प्रतिनिधि का साथै पर्यवेक्षक र दलित समुदायको उल्लेख्य सहभागी रहेको थियो ।

भेलालाई संबोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले नेपाली दलितहरूले विश्व समाजमा रहेका श्रमजीवी मानव जातिको मुक्तिका निम्ति संघर्ष गर्नु पर्ने वताए । साथै विकसित विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवाद व्यावस्थाको पक्षमा नलागीकन दलित मुक्ति आन्दोलन अघि बढ्न नसकने बताए ।

जात व्यावस्था उन्मुलन मोर्चाका नव निर्वाचित संयोजक राजकुमार हिङमाङले नेपाली दलितहरुले अब दक्षिण एसियाका २१ करोड दलित र विश्वका दलितहरुको मुक्ति का लागि नया कार्य दिशा सहित अगाडि बढ्नु पर्ने वताए ।

त्यस्तै गरि महिला विभागका संयोजक धनकुमारी सुनारले महिला मुक्ति र दलित महिला मुक्ति को प्रक्रियालाई राजनितिक आन्दोलन संग जोडेर लानु पर्नेमा जोडदिइन् ।

युवा विभागका संयोजक वलराम न्यौपानेले दलित मुक्ति आन्दोलनलाई गैरदलितले अग्र मोर्चा मा रहेर साथ दिनु पर्ने धारणा राखे । विध्यार्थी विभागकी संयोजक राजेश्वरी सुवेदीले विध्यार्थी आन्दोलन संगै दलित मुक्ति आन्दोलन जोडेर लानु पर्ने बताइन् ।

कार्यक्रम संचालनको क्रममा बुध्दि ठटालले अवको दलित आन्दोलन परम्परागत ढंगले होईन नयाँ विल्कुल नयाँ समाजववादी एकताले मात्रै अगाडि बढाउन सकिनेमा जोडदिए ।

Comments