मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित७ जनाको शव बिहिबार काठमाडौं ल्याइएको छ ।

ताप्लेजुङको सुकेटारबाट शव बोकेको नेपाली सेनाको हेलिकोप्टर केहि बेर अघि काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ । बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो । बाँकी तीन वटा शव बिहिबार बिहान मात्रै केटार विमानस्थलमा ल्याइएको हो ।

त्रिभुवन विमानस्थलमा अहिले गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्री ईश्वर पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका मन्त्रीहरुसमेत पुगेका छन्।

शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

Comments