स्वतन्त्र प्रेसको अधिकार कुण्ठित हुने कानून कांग्रेसलाई मान्य छैन्- प्रकाशशरण महत

काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कुनै पनि बहानामा आमनागरिकका अधिकार कुण्ठित हुन नहुने बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको ‘साइबर कानून र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेता महतले जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित हुने कुनै पनि कानून आफ्नो पार्टीलाई मान्य नहुने बताए ।

नेता डा.महतले संसद्मा हालै दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयकका केही बुँदाले सूचना प्रविधिको क्षेत्रलाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई नै असर पार्ने भन्दै त्यस्ता अनुदार बुँदा सच्याउन माग गरे ।

आम नागरिकले मुलुकको शान्ति सुरक्षा र जनचासोका विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रकट गरेको विषयलाई निमयन गर्ने नाममा नियन्त्रण गर्न नहुने उनको भनाई थियो ।

Comments