दुई नेपाली नक्कली सवारीचालक जापानमा पक्राउ

काठमाडाैं । नेपालको नक्कली सवारीचालक अनुमति पत्र बनाईदिएर जापानको सवारी चालक अनुमति पत्र लिन सघाएको आरोपमा जापान प्रहरीले दुईजना नेपालीलाई पक्राउ गरेको छ ।

जापानको टोकियो लगायत अन्य स्थानहरुमा रेष्टुरेण्ट सहित अन्य व्यवसाय गर्दै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका पुस्कर थापा र उनका भाई अशोक थापालाई टोकियो महानगरिय प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

टोकियो ब्रोडकास्टिङ सिस्टम ९टिविएस० टेलिभिजनमा प्रशारित समाचार अनुसार नेपालको ड्राइभिङ अनुभवनै नभएकाहरुलाई नेपालको सवारी चालक अनुमतिपत्र बनाउन सघाएको लगायतका आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

 नेपालको लाईसेन्स भएमा जापानको सवारी चालक अनुमति पत्र योग्यता परिक्षणमा पाईने छुटको सूविधालाई दुरुपयोग गर्दै जापानको सवारीचालक अनुमति पत्र बनाइदिए वापत १ लाख ८० हजार जापानी येनसम्म लिएको आरोप उनिहरुमाथि छ । यसका साथसाथै नेपालमा लाईसेन्स विभागका कर्मचारीहरुसँग सहकार्य गरेर नेपालको लाईसेन्स गलत प्रक्रियाबाट बनाउनु साथै नक्कली लाईसेन्स समेत बनाउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

Comments